काठमाण्डु-कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन् ।
कीर्तिपुरको मेयरमा एमालेबाट मानन्धरसहित नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, माओवादी केन्द्रबाट प्रा.डा.शिवशरण महर्जन, र राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन् ।
प्रतिक्रिया