गोपाल खड्काले दायर गरे सर्वोच्चमा मुद्दा, आयल निगमको कार्यकारी निर्देशकमा आचार्यलाई जिम्मेवारी

गोपाल खड्काले दायर गरे सर्वोच्चमा मुद्दा, आयल निगमको कार्यकारी निर्देशकमा आचार्यलाई जिम्मेवारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा अर्को बयवस्था नभएसम्मको लागी उपसचिव प्रेमप्रसाद आचार्यलाई  जिम्मेवारी दिएको छ । मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलकाअनुसार आपूर्ति मन्त्री शिवकुमार मण्डलले आचार्यलाई अर्को व्यवस्था नभएसम्मको लागी  निगमको कार्यकारीका रुपमा काम गराउने निर्णय गरेका हुन् ।

मन्त्रिपरिषदको बैठकले निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेपछि आचार्यलाई जिम्मेवारी दिइएको हो ।

 

 

यता,नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपालबहादुर खड्काले आफूलाई पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले वारेसमार्फत  बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन् । 

 

 

 

उनले रिट नवेदनमा आफूलाई स्पष्टीकरण दिने मौका समेत नदिई हटाइएको भन्दै निर्णय खारेजीका लागि उत्प्रेषणको आदेश माग गरेका छन् ।