काठमाडौं महानगरका मेयर र उपमेयर चीन प्रस्थान

काठमाडौं महानगरका मेयर र उपमेयर चीन प्रस्थान


काठमाडौं-काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी चीन प्रस्थान गरेका छन्।

युहान शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्।

चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले उक्त सम्मेलन आयोजना गरेका हुन्। ‘विकासका अवसर र साझा जीतका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित सम्मेलनमा भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र संघसंस्थाका प्रतिनिधिकोसहभागिता रहनेछ।

आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो।

ल्हासा नगरले काठमाडौँ महानगरलाई निमन्त्रणा गरेको र ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ सम्मेलनमा सहभागी भएर प्रमुखसहितको टोली शनिबार स्वदेश फर्कनेछ। सो अवधिमा महानगरको नियमित काम हेर्न वडा नं १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ।