काठमाण्डु – गायीका कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्धा दर्ता गराएकी छन् ।
केहीदिन अघि नेता पन्तले सार्वजनिक रुपमा आफूविरुद्ध गरेको भद्धा टिप्पणीलाई लिएर वलीले आज फौजदारी संहिता २०७४ को दफा ३०५, ३०६ र ३०७ को आधारमा जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गराएकी हुन् ।
नेता पन्तले फागुन १५ गते एक कार्यक्रममा ‘कोमल वलीले सारी सरक्क सर्काएर, पिडुला देखाएर सांसद भएको’ आरोप लगाएका थिए ।
वलीले अदालतमा दिएको उजुरीमा भनेकी छन्, ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मलाई प्रतिनिधिपात्र बनाइ समग्र महिलाप्रति नै अपमान हुनेगरी अभिव्यक्ति दिनु भनेको महिलाविरुद्धको जघन्य हिंसा हो ।’
उनले आम सञ्चारमाध्यमबाट भएको बेइज्जती समेतलाई विचार गरी मुद्धामा लागेका खर्च समेत विपक्षीबाट भराउन माग गरेकी छन् ।
प्रतिक्रिया