उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउने विषयमा अमेरिकाले गर्यो चीन–रुसको बिरोध

उत्तर कोरियामाथिको प्रतिबन्ध हटाउने विषयमा अमेरिकाले गर्यो चीन–रुसको बिरोध


एजेन्सी – अमेरिकाले उत्तर कोरियाको बिरुद्ध लागेको प्रतिबन्ध हटाउने विषयको मुखर बिरोध गरेको छ । अमेरिकाले भनेको छ, “अमेरिका चीन तथा रुसको उक्त मस्यौदा प्रस्तावको बिरोध गर्छ, जसले उत्तर कोरियाको महत्वपूर्ण निर्यातमा संयुक्त राष्ट्र संघको प्रतिबन्ध समाप्त गर्नेसँग सम्बन्धित रहेको छ ।”

उत्तर कोरियाले उक्साउने खालको धम्की दिएको र परमाणु निसस्त्रिकरणको वार्ता गर्दाको समयमा उक्त प्रस्ताव आएको पनि अमेरिकाले बताएको छ । राष्ट्रपति ट्रम्प ती प्रतिबद्धताको दिशामा प्रगती गर्नका लागि दृढ संकल्पित रहेको अमेरिकी विदेश मन्त्रालयले बताएको छ । जुन उनले २०१८ को जुनमा सिंगापुरमा उत्तर कोरियाका नेता किम जोङ उनसँगको पहिलो सम्मेलनमा गरिएको थियो ।

सुरक्षा परिषदका सदस्यलाई सोमबार राती पठाइएको चीन र रुसको मस्यौदा प्रस्तावका अनुसार यसले उत्तर कोरियाको निर्यातमा लागेको प्रतिबन्ध समाप्त गर्न सक्ने र यसको उद्देश्य त्याहाँका नागरिकको जिविका राम्रो बनाउने रहेको छ । यो उत्तर कोरियाका मानिसलाई विदेशमा काम गर्न लागेको प्रतिबन्ध हटाउने विषयसँग जोडिएको छ र विदेशमा काम गरिरहेका सबै उत्तर कोरियाली मानिसाई २२ डिसेम्बरसम्म फिर्ता पठाउने पैmसला रद्ध गर्ने विषय पनि यो प्रस्तावम उल्लेख छ ।