कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँको अवशेष फिर्ता

कोरियाली युद्धमा मृत्यु भएका ४३ जना चिनियाँको अवशेष फिर्ता


एजेन्सी– युद्धको क्रममा मृत्यु भएका ४३ जना चिनियाँ जनसवयैसेवक (सिपीभी) सैनिकको अवशेष कोरियाबाट बिहीबार चीन फिर्ता गरिएको छ ।

चिनियाँ जनमुक्ति सेनाको हवाई बल वाई–२० विमानले मृतक सैनिकहरूको अवशेष लिएर चीनको लियाओनिङ प्रान्तको राजधानी शेनयाङमा अवतरण गरेको छ । अवशेषहरू शेनयाङको शहीदको चिहानमा राखिने जनाइएको छ ।

दक्षिण कोरियाले बिहीबार चिनियाँ पक्षका शहीदको अवशेष हस्तान्तरण गरेपछि, चीनले इन्चियन अन्तर्राष्ट्रिय विमानस्थलमा स्मारक समारोह आयोजना गरेको छ । समारोहमा, चिनियाँ राष्ट्रिय गान बजाइएको थियो भने प्रत्येक शवलाई राष्ट्रिय झण्डा ओढ्याइएको थियो । सहभागीहरूले शहीदहरूको पार्थिव शरीरमा पुष्पगुच्छा चढ्णएर सम्मान तथा श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सन् २०१४ देखि सन् २०२३ सम्म, चीन र कोरियाले अन्तर्राष्ट्रिय कानुन र मानवीय सिद्धान्त अनुसार कोरियामा ९३८ सिपिभी शहीदहरूको अवशेष र सम्बन्धित कलाकृतिहरूलाई १० औँ पटक हस्तान्तरण गरेका थिए ।

चीनको स्थापना भएको आठ महिनापछि सन् १९५० मा कोरियाली युद्ध भएको थियो । कोरियाको लोकतान्त्रिक जनवादी गणतन्त्रको अनुरोधमा सिपिभी अन्तर्गत चिनियाँ सेनाहरू युद्धमा होमिएका थिए ।