काठमाण्डु– दक्षिण कोरियामा १८१ जना सवार जहाज दुर्घटनामा हुँदा ८५ जना भन्दा बढीको मृत्यु भइसकेको छ ।
जिओल्ला प्रान्तको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहानको जेजु एयरको ७ सी २२१६ जहाज अवतरणका क्रममा दुर्घटना भएको हो ।
१७५ यात्रु र चालकदलका ६ सदस्य सवार जहाजको ल्याण्डिङ गियरमा खराबीका कारण दुर्घटना भएको बताइएको छ ।
जहाज चक्काबिना नै धावनमार्गमा चिप्लिरहेको भिडियोहरु सार्वजनिक भएका छन् । जसमा तीव्र गतिमा चिप्लिँदै गरेको जहाज धावनमार्ग छेवैमा रहेको पर्खालसँग ठोक्किनेबित्तिकै आगो लागेको थियो।
जहाजबाट दुई यात्रुलाई जिवितै बाहिर निकालिएको थियो।
[속보] 무안공항 추락사고 “조류 충돌로 인한 랜딩기어 불발 추정” pic.twitter.com/Fd3O9MWym0
— Tsla Chan (@Tslachan) December 29, 2024
प्रतिक्रिया