काठमाण्डु– दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुगेको छ।
समाचार एजेन्सी सिएनएका अनुसार मृतकको संख्या ८५ पुगेको हो। मृतकमध्ये ३९ पुरुष र ४६ महिला रहेका छन् ।
२ जनाको भने उद्धार गरिएको जनाइएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो।
प्रतिक्रिया