कोरियाका राष्ट्रपति पदबाट निलम्बित

कोरियाका राष्ट्रपति पदबाट निलम्बित


काठमाण्डु– दक्षिण कोरियाको राष्ट्रिय सभाले राष्ट्रपति युन सुक योएललाई महाभियोग लगाउने प्रस्ताव पारित गरेको छ। यससँगै उनी पदबाट निलम्बित भएका छन् । उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रुपमा सरकार चलाउने छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार राष्ट्रपति योलविरुद्धको महाअभियोग प्रस्तावको पक्षमा २०४ मत खसेको थियो भने ८४ मत विपक्षमा परेको थियो । ३ मत तटस्थ र ८ मत रद्द भएका थिए ।

यसअघि पनि विपक्षी दलले महाअभियोग प्रस्ताव पेश गरेपनि पारित भएको थिएन । यसपटक सत्तारूढदलका सांसदहरूले पनि प्रस्तावको पक्षमा मत दिए पछि पारित भएको हो।अब सवैंधानिक अदालतले अन्तिम किनारा लगाउनेछ।

राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए । यद्यपि व्यापक विरोधका बीच उनले ६ घण्टामै आफ्नो निर्णय फिर्ता लिएका थिए ।