प्रधानमन्त्री उद्धार कोषमा एकैदिन साढे ३ करोड हस्तान्तरण

प्रधानमन्त्री उद्धार कोषमा एकैदिन साढे ३ करोड हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन ३ करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका छन् ।

कोषमा कृषि विकास बैंकबाट १ करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबीआई बैंकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेसनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैंकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि (बीवाईडी) कम्पनीबाट ५१ लाख रकम हस्तान्तरण भएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठूलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरूको पाकिसकेको बाली समेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।

मन्त्रिपरिषद्को गत सोमबारको बैठकले कोषमा प्रारम्भिक रूपमा १ अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट पनि सहयोगको क्रम जारी रहेको छ ।