कोशी प्रदेशमा माओवादीका मन्त्रीद्वारा राजीनामा

कोशी प्रदेशमा माओवादीका मन्त्रीद्वारा राजीनामा


विराटनगर – कोशी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले राजीनामा दिएका छन् ।

माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई दिएको समर्थन कायमै राख्दै मन्त्रीहरूले राजीनामा दिएका जानकारी दिए ।

केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन बनेपछि माओवादी सरकार छाड्ने अवस्थामा पुगेको हो ।

कोशी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, स्वास्थ्यमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नारायणबहादुर मगर मन्त्री तथा पर्यटनमा वन्दना झागर राज्यमन्त्री थिए ।