कोशी सरकारबाट माओवादी बाहिरिदै

कोशी सरकारबाट माओवादी बाहिरिदै


काठमाण्डु – कोशी प्रदेश सरकारबाट नेकपा (माओवादी) केन्द्र बाहिरिने भएको छ। केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै कोशी प्रदेशबाट माओवादी केन्द्र बाहिरिने भएको हो ।

केन्द्रीय गठबन्धनअनुसारको सरकार निर्माण गर्नुपर्ने दबाबमा रहेका मुख्यमन्त्रीको सहजताको लागि सरकारबाट बाहिरिन लागेको माओवादीले जनाएको छ ।

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको प्रदेश सरकारमा एक जना राज्यमन्त्री सहित माओवादीका ४ जना मन्त्रीहरू छन् । माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्री,राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

यस्तै वन्दना झाँगड पर्यटन बन तथा वातावरण राज्यमन्त्री छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि पनि माओवादीले कोशी सरकार छाडेको थिएन।