काठमाण्डु- कोशी पर्यटन वर्ष २०८२ बुधबार सुरु हुँदैछ । गत असोजमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पर्यटन वर्ष २०८२ घोषणा गरेको ७ महिनापछि बुधबार उद्घाटन गर्न लागिएको हो ।
कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रलाई चलायमान बनाउन भन्दै कोशी सरकारले पर्यटन वर्ष मनाउन लागेको हो । तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङमा फैलिएको लालीगुराँसको राजधानी टीएमजेबाट पर्यटन वर्षको शुभारम्भ हुनेछ ।
कोशीका हरेक जिल्लामा केही न केही पर्यटकीय क्षेत्र रहेकोले त्यसको नक्सांकनको काम पनि सँगै सुरु भएको कोशी सरकारले जनाएको छ ।
प्रदेश सरकारले २०८१ साल कार्तिक २१ गते मन्त्रिपरिषद्बाट निर्णय गरी कोशी प्रदेश पर्यटन वर्ष २०८१ सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ स्वीकृत गरेको थियो ।
प्रतिक्रिया