कोटेश्वरमा किराना पसले र भाडामा बस्नेमा कोरोना संक्रमण, असर्फी टोल सील

कोटेश्वरमा किराना पसले र भाडामा बस्नेमा कोरोना संक्रमण, असर्फी टोल सील


काठमाण्डु – काठमाण्डु महानगरपालिका – ३२ मा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महानगरपालिका–३२ कोटेश्वरको असर्फी टोलमा कोरोना संक्रमित बढेसँगै सील गरिएको छ ।

संक्रमित किराना पसलमा समान किन्न जाने ग्राहक रहेको वडा सदस्य हिरादेवी पोखरेलले जानकारी दिइन् । उनकाअनुसार साउन १८ गते चार जना किराना पसलेमा कोरोनाको संक्रमण पाइएपछि वरिपरिका एक सय भन्दा बढीको कोरोना परीक्षण गरिएको थियो ।

संक्रमितमध्ये १० जनालाई टेकु अस्पताल र किर्तिपुर अस्प्तालको आइसोलेसनमा राखिएको छ । तीन जना भने घरमै आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमित अधिकांश कोठा भाडामा लिएर बस्नेहरू हुन् ।