काठमाण्डु– राजावादीहरुको प्रदर्शन उग्र बन्दै गएपछि काठमाडौंको विभिन्न ठाउँमा कर्फ्यु लगाइएको छ । प्रहरीले विभिन्न स्थानमा माइकिङ गर्दै उक्त आदेश गरेको हो ।
तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई नियन्त्रणको प्रयास गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । तीनकुने, शान्तिनगर र बानेश्वर क्षेत्रमा कर्फ्यूको सूचना प्रहरीले गरेको हो ।
राजावादी प्रदर्शनकारी अराजक बन्दै नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड गरेका छन् । उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा समेत क्षती पुर्याएका हुन् ।
ती स्थानमा राति १० बजेसम्म कर्फ्यू जारी भएको छ ।
यी ठाँउमा कर्फ्यू जारी
-गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुदै कोटेश्वर,
-कोटेश्वरदेखी जडिबुटी पुल,
-कोटेश्वरबाट बालकुमारी पुलसम्म
-बानेश्वर चोकदेखी शंखमुल पुलसम्म
-गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म
प्रतिक्रिया