सरकारले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि तत्काल पहल गरोस् : अध्यक्ष ओली

सरकारले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि तत्काल पहल गरोस् : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा रहेका नेपालीको सुरक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताएका छन् ।

इजरायलमाथि आक्रमणका समाचारहरू आएका जनाउँदै उनले सामाजिक सञ्जालमार्फत इजरायलमा सयौं नेपालीहरू बसोबास गर्ने स्मरण गरेका छन् ।

उनले लेखेका छन्, ‘नेपाल सरकारले नेपालीहरूको सुरक्षाका लागि तत्काल पहल गरोस् । मध्यपूर्वमा शान्तिको कामना गरौं ।’