काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई कसैले पनि धक्का दिन नसक्ने बताएका छन् । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई तथा शुभकामना दिँदै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा अोलीले नेपाललाई धक्का दिन लागेको बताएपछि देउवाले यस्तो जवाफ दिएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले ‘धक्का’ शब्दको प्रयोग गरेको भन्दै नेपाललाई कसले धक्का दिन सक्छ हेरौं भन्दै जवाफ दिएका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा धक्का आउन सक्ने बताएको उल्लेख गर्दे कहाँबाट आउन लागेको धक्का त्यसबारेमा जानकारी पाउनुपर्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।
‘प्रधानमन्त्रीले धक्काको कुरा गर्नुभयो ? कहाँबाट आउने हो नेपाललाई धक्का ? नेपाललाई धक्का दिने को हो हामीले पनि थाहा पाउनुपर्छ । हामीले सामना गर्न तयार छौं । नेपालमा धक्का दिन कसले सक्छ ? हामीले पनि हेरौं’, उनले भने ।
सभापति देउवाले आफू प्रधानमन्त्री भएको बेला एमसीसी क्याबिनेटले पास गरेको बताए । उनले एमसीसीले नेपाललाई धेरै ठूलो सहयोग पुगेको बताए । ‘यति ठूलो सहयोग नेपालमा कहिलै आएको छैन् ।’
प्रतिक्रिया