मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै ओलीले भनेः मुद्दा सुल्झाउने बेला आयो

मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदै ओलीले भनेः मुद्दा सुल्झाउने बेला आयो


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दालाई सुल्झाउने बेला आएको भन्दै मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका हुन् ।

विराटनगरमा रहेको इन्टिग्रेटेड चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भिडिओ कन्फेरेन्स भएको थियो ।

‘म तपाईंलाई काठमाडौंमा स्वागत गर्न आतुर छु । यहाँको भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ मजबुद बनाउने छ,’ ओलीले भने ।

सो भिडिओ कन्फेरेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको बताए ।

‘मित्रताका आधारमा काम गर्‍यौं भने दुई पक्षीय सम्बन्धलाई थप उचाइमा लैजान सक्छौं,’ प्रधानमन्त्री ओलीले भने,‘मलाई लाग्छ हामीबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने बेला आएको छ ।’