काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद आउन कसैले रोक्न नसक्ने बताएका छन्।
जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा आयोजित नेपालमा समाजवादका आधार बिषयक बिचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।
ओलीले विकासको बाधकका रुपमा रहेका असुरक्षित बस्ती,दुर्गमा ठाउँबाट उठाएर एकिकृत बश्ती सुरु गर्ने बताए। ‘अब दुर्गमबाट सुगमतिर आउछ समाजवाद” प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषिको आधुनिकीकरण गरेर समाजवाद आउछ,’ उनले भने।”
जनताले आफूहरुलाई दिएको विश्वास सालिनताका साथ पुरा गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रियताको सवालमा नेपालमा अहिले मात्र स्पष्ट दृष्टिकोण बनेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘पहिला पहिला नेपाल सार्वभौम देश हो भनेर भन्न पनि हिचकिचाउनु पर्ने अवस्था थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर अब बिना हिचकिचाहट नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो भन्ने अवस्थामा आइपुगको छ ।’
दुई ठुला कम्युनिस्ट पार्टीको एकीकरणले नेपालमा नयाँ आशा र उत्साह सृजना गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । पुष्पलालले स्थापना गरेको पार्टीको उद्धेश्य विविध कारणले पुरा हुन नसकेपनि त्यो उद्धेश्य अब पुरा हुने उनले बताए।
प्रतिक्रिया