प्रधानमन्त्री ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्दै

प्रधानमन्त्री ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्दै


काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले आज सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका छन् ।

दिउँसो साढे २ बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा उनले सरकारको सयदिने उपलब्धी सार्वजनिक गर्न लागेका हुन् । ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।

असार १७ गते नेपाली कांग्रेस र एमालेबीच भएको सात बुँदे समझदारीका आधारमा ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस–एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् ।

चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्रीसँग भएको मन्त्रीहरूको सम्झौतामा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी मन्त्री र सचिव तथा प्रधानमन्त्री र नेपाल सरकारका मुख्यसचिवबिच पनि कार्यसम्पादन सम्झौता भएको थियो ।