विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौं : प्रधानमन्त्री

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौं : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताएका छन् ।

वर्तमान सरकारको १०० दिनको उपलब्धि बुधबार सार्वजनिक गर्दै उनले सडक, पुलजस्ता भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण सवारीसाधन आवतजावतमा समस्या भए पनि सरकारको प्रयासमा समस्या समाधान भएको बताए ।

‘ठाउँठाउँमा सडक भत्किएका थिए, सडक पहिरोले पुरिएका थिए र पुलहरू बाढीले बगाएका थिए, विपद्पछि नेपालीहरूको महान् पर्व बडादशैं आयो,’ प्रधानमन्त्री ओलीले भने, ‘राजधानी आउने/जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त नागरिक डराएका थिए । सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने उनीहरुमा डर थियो ।’

सरकारले ती चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्दै परिणामस्वरूप, राजधानी आउने सडकहरू चालू अवस्थामा पुर्‍याएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘अब बन्दै बन्दैन भनिएको बीपी राजमार्गमा तत्काल सवारी साधन चल्न सुरु गरे,’ उनले भने, ‘यस वर्षको दशैंमा पनि काठमाण्डु छोडेर घर फर्किनेको संख्या अघिल्लो वर्ष जस्तै करीब ८ लाख १४ हजार पुग्यो । दशैंमा १ लाख ११ हजार सवारीसाधन काठमाण्डु उपत्यकाबाट बाहिरिए ।’