विराटनगर –प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनको विषयमा आवश्यक छलफल र गृहकार्य भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री ओलीले संविधान संशोधनबारे सरोकारवालाहरूसँग सरकारले छलफल गरिरहेको बताएका हुन् ।
उनले मुलुकको आर्थिक सुधार गर्ने कामहरू सरकारले धमाधम गरिरहेको बताए ।
विराटनगरमा प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई र पार्टी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको १३औँ दीक्षान्त समारोहमा सहभागी हुन विराटनगर गएका हुन् । प्रधानमन्त्री प्रतिष्ठानको कुलपति हुने व्यवस्था छ ।
प्रतिक्रिया