बुटवल-नारायणगढ सडक विस्तारका सम्बन्धमा प्रधानमन्त्रीले छलफल गर्दै

बुटवल-नारायणगढ सडक विस्तारका सम्बन्धमा प्रधानमन्त्रीले छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-बुटवल–नारायणगढ सडक खण्ड विस्तारमा भइरहेको ढिलासुस्तीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन् ।

प्रधानमन्त्री ओलीले रुपन्देही, नवलपरासी र नवलपुरका संघीय सांसद, विभागीय मन्त्री, प्रदेश मन्त्री, प्रदेशसभा सदस्य र तीनवटै जिल्लाका स्थानीय तहका प्रमुखहरूसँग छलफल गर्न लागेका हुन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड विस्तारमा डिलासुस्ती हुँदा यात्रुले लामो सयमदेखि सास्ती पाउँदै आएका छन् । सडक निर्माणको काम समयमै नसकिँदा बर्खामा हिलो र हिउँदमा धूलोको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

विगत ६ वर्षदेखि विस्तार भइरहे पनि नारायणगढ–बुटवल सडकको काम अझै सकिएको छैन ।

२०७५ माघमा नारायणगढ–बुटवल सडकको ठेक्का चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको थियो । ४२ महिनामा काम सक्ने सम्झौता भएपनि ६ वर्ष बितिसक्दा पनि ७७ किलोमिटर सडकको निर्माण पूरा छैन ।

सडक विस्तार गर्दा बजार क्षेत्रमा ८ लेनसम्म र अन्य ठाउँमा ४ लेन निर्माण गरिएको छ । ६ वर्षसम्म पनि सडक विस्तारको काम नसकिँदा सरकारको आलोचना हुँदै आएको छ ।