चीनबाट प्राप्त बीआरआई सहायता ऋण होइन : प्रधानमन्त्री ओली

चीनबाट प्राप्त बीआरआई सहायता ऋण होइन : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा ‘फ्रेमवर्क फर बेल्ट एन्ड रोड कोअपरेसन’मा प्राप्त सहायता ऋण नभएको बताएका छन् ।

बिहीबार चीनको ४ दिने भ्रमण पूरा गरेर स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा चीनसँग भएको सम्झौता ऋण नभएको बताए ।

‘अस्ति मैले आमसभामा पनि हामी कुनै ऋण लिन जाँदैछैनौं भनेको थिएँ । ऋण सम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ, कुरा पनि चलेन । छलफल पनि भएन ।’

सहायतामा हस्ताक्षर भएपछि अब बीआरआई अगाडि बढ्ने उनले बताए । ‘हामीले यसपल्ट बीआरआईअन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्‍यौं । हरेक परियोजनाअन्तर्गत पछि हामी छुट्टै छलफल, छुट्टै एग्रिमेन्टहरू गर्छौं र त्यसको इप्लिेमेन्टेसन कसरी गर्छौ भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन भन्ने कुरा धेरैपल्ट भनियाछ । अब धेरै दोहोर्‍याउनु नपरोस भन्ने मेरो आग्रह छ ।’

सत्तारुढ दल नेपाली कांग्रेसले बीआरआई सम्झौताका लागि सहमति दिए पनि ऋण सम्झौता गर्न नहुने अडान लिएको थियो । जसअनुसार प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा ऋण सम्झौता नगर्ने यसअघि नै स्पष्ट पारिसकेका थिए ।