नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि तटस्थस्थल बनाउन सकिन्छ : प्रधानमन्त्री

नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि तटस्थस्थल बनाउन सकिन्छ : प्रधानमन्त्री


ललितपुर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थस्थलको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानी सम्बन्धी विवाद समाधान सम्मेलनमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले नेपालको एडीआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा नेपालको सक्रियता उल्लेख गर्दै भने, ‘नेपालले न्यूयर्क कन्भेन्सन र सिंगापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडीआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।’ नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानको लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘यस वर्षको एडीआर सप्ताहको मुख्य शीर्षक ‘ग्रीन आर्बिट्रेसनः हिमालय बचाऔं, भविष्यको पीढीको लागि पृथ्वी बचाऔं’ अत्यन्तै महत्त्वपूर्ण छ ।

विवाद समाधान कार्यमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ ।