के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)

के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)


काठमाण्डु– आइतबारदेखि नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

प्रतिवेदनमा सरकार गठनयताको ६ महिनाको समीक्षा गरिएको छ ।

प्रतिवेदनमा ओलीले ३२ सीटको जादु भन्दै प्रचण्डले थालेको दाउपेचको खेती निस्तेज पार्न कांग्रेसको नयाँ राजनीतिक कोर्षमा जानुपरेको प्रष्ट पारेका छन् ।

प्रतिवेदनमा अध्यक्ष ओलीले प्रचण्डले एमालेसँगको सहकार्यबाट प्रधानमत्री भएपछि फेरि धोका दिएको स्मरण गरेका छन् ।

भ्रष्टाचारविरुद्धको कारवाहीलाई आफ्नो दलगत स्वार्थका लागि दुरुपयोग गरेको र सुन तस्करी,ललिता निवासजस्ता ठूला भ्रष्टाचार काण्डमा सरकारनै संलग्न भएको प्रतिवेदनमा उल्लेख छ ।

उपयोग गर्ने र फ्याँक्ने प्रचण्डको पूरानै प्रयोगको नयाँ स्वरुपले मुलुकलाई थप अप्ठेरोमा पार्ने भएपछि कांग्रेस र एमाले मिलेको प्रतिवेदनमा उल्लेख छ ।

एमालेको राजनीतिक प्रतिवेदनमा प्रचण्ड सकरारले भ्रष्टाचारविरुद्ध कुनै अभियान नचलाएको भन्दै अभियानका नाममा आफ्नालाई चोख्याउन केन्द्रित रहेको उल्लेख छ ।

हेर्नुहोस् पूर्णपाठ