प्रधानमन्त्री ओलीको आग्रह : एमालेसँग एकताको नाममा बार्गेनिङ नगर्नुस्, मर्ज गर्न आए हुन्छ

प्रधानमन्त्री ओलीको आग्रह : एमालेसँग एकताको नाममा बार्गेनिङ नगर्नुस्, मर्ज गर्न आए हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेसँग एकताको नाममा बार्गेनिङ नगर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन् ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका सन्दर्भमा बिहीबार एमालेको केन्द्रीय कार्यालयमा आयोजना गरेको राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै ओलीले एमालेसँग कोही मिल्ने भए मर्ज हुनसक्ने तर एमालेमा एकताका नाममा बार्गेनिङ नचल्ने स्पष्ट पारे ।

‘हामी आफ्नो पार्टी विस्तार गर्छौं, कोही आउँछ भने मिल्न आउँदा हुन्छ, मर्ज गर्न आए हुन्छ तर एकताका नाममा बार्गेनिङ चल्दैन,’ ओलीले भने ।

एमालेले आफ्नो नीतिमा कसैसँग बाँडफाँट नगर्ने उनले स्पष्ट पारे । पार्टी एकताको नाममा योग्यता नभएका मानिसलाई एमालेको जिम्मेवारीमा नल्याउने पनि उनले बताए । ‘नेकपा एमाले तिम्रा नीति अलिकति मान्छु, मेरा अलिकति मान भनेर नीतिमा बाँडफाँट गर्ने र संगठनमा योग्यता नभएका मान्छे म स्थायी कमिटी सदस्यमा आउँछु भनेर बार्गेनिङ गर्न मिल्दैन, उहीसँग वार्ता गर्नुपर्ने र पोलिटब्युरोमा बार्गेनिङ गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ,’ उनले भने ।

ओलीले समाजवादसँग कुनै साइनो नभएकाहरूले पनि समाजवाद भनेर आफूलाई बेच्ने गरेका बताए । ‘आफ्ना आफ्ना नामका पसल खोल्न खोजेका छन् मान्छेहरूले, हामीले त्यो पसल चल्न दिनु हुँदैन, किनकि सुका पर्ने भाउलाई १ रुपैयाँ किन दिने ? हामी अब आफ्नो पार्टी विस्तार गर्छौं, अनावश्यक भाउ दिनु पनि हुँदैन,’ ओलीले भने ।

नेकपा एमालेसँग टंकप्रसाद आचार्यले बनाएको देशको सबैभन्दा पुरानो पार्टी प्रजा परिषद् समेत मिलेकाले त्यसको उत्तराधिकारी राजनीतिक पार्टी नेकपा एमाले नै भएको उनले बताए ।