पूर्वराजाबारे प्रधानमन्त्रीको टिप्पणी : राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ

पूर्वराजाबारे प्रधानमन्त्रीको टिप्पणी : राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिमा आउन चाहेको भए स्वागत भएको बताएका छन् ।

आईतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजाको फागुन ६ गते सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताए ।

‘संविधान र कानून नमान्ने प्रवृत्ति बढ्दै गएको छ । म पूर्वराजाको सम्बोधन सुनेर छक्क परें,’ उनले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भा’को छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दै हुनुहन्छ ।’

पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने उनले बताए । ‘सरकार संविधानअनुसार चल्नुपर्छ भन्ने सिकाउनुको सट्टा उहाँले मलाई साथ देऊ भन्दै हुनुहुन्छ,’ उनले भने, ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, मलाई साथ दिनु रे ! के कुरामा साथ चाहिएको हो ?’

प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै १–२ वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाएका छन् ।