विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रम ओली

विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नुपर्छ : प्रम ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि जगबाटै सुधार गर्नु पर्ने बताएका छन्।

प्रदेश  २ का सांसदहरुसँग  बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रदेश नं २ का नेकपाका साँसदहरुले त्यहाँको विकास,समृद्धि,शिक्षा,स्वास्थ्य,सामाजिक सुधार आदि जस्ता क्षेत्रमा उठाएका समस्याको बारेमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले प्रदेश नं २ को स्वरुप फेर्नका लागि यहाँका साँसदहरु नै लाग्नु पर्ने बताए।

प्रधानमन्त्री ओलीले महिला हिंसा भएका ठाउँमा जनप्रतिनिधिहरुले मिलापत्र गराउन खोज्नु बेठीक भएको बताए।  “यस किसिमका हिंसा मिलापत्रमा टुंगिदैनन् । यस्तो मुद्धामा मिलापत्र गराउन खोज्नेलाई पनि कारबाही हुन्छ, ” प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले तराइमा व्यापक सामाजिक जागरण अभियान सञ्चालन गर्नुपर्ने बताए।   राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका बारेमा साँसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्री ओलीले यसका बिषयमा विस्तृतमा बुझ्ने बताए।  प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा आँप,लिची,उखुसँग सम्बन्धित उद्योगहरु खोल्नु पर्ने बताए।

शक्ति पृथकिकरणको सिद्धान्त अनुसार सबै अंग जिम्मेवार हुन् पर्ने र आफनो–आफनो क्षेत्राधिकारमा सिमित हुनुपर्ने उनले बताए।