चैत महिनाका ७ दिन : प्रधानमन्त्री ओलीका गफै–गफ !

चैत महिनाका ७ दिन : प्रधानमन्त्री ओलीका गफै–गफ !

उद्घाटन, शिलान्यास र चर्को भाषणमा व्यस्त

फाइल तस्विर ।

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो हप्ता उद्घाटन, शिलान्यास र चर्को भाषणमा व्यस्त देखिए ।

चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरू हेर्दा प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरूमा दीगो र स्थायी सुधारको संकेत देखिएन ।

यही कारण ओलीे नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीले चैत महिनाको पहिलो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनमा सहभागिता जनाए । तर कुनै विषयमा पनि ‘स्थायित्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरूबारे ध्यान दिएको देखिँदैन ।

प्रधानमन्त्री ओलीका प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन् तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्यांकन लगभग शून्य नै छ । बितेको १ हप्ता अर्थात चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा बितेको स्पष्ट देखिन्छ ।

चैत १ गतेः प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाण्डुँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए ।

चैत २ गतेः ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित ३ दिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन २०८१’ मा सहभागी भए ।
जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृंखला आयोजना भएकोमा खुसी प्रकट गरे । ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए ।

चैत ३ गतेः ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसंघद्वारा आयोजित महिला नेतृत्व सम्मेलन २०२५ को उद्घाटन गरे । जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि सम्भव हुने बताए ।

ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा समारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।

चैत ५ गतेः ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभा बैठक सम्पन्न गरे । जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिए ।

चैत ६ गतेः ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता गरे । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा २ पक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । सोही दिन नै ओली संसद्मा प्रस्तुत गर्न पुगे । जहाँ उनले हरेक सांसदहरूका प्रश्नहरूको जवाफ आँखा चिम्लेरै दिए । उनले संसद्मै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे ।

चैत ८ गतेः ओली नेकपा एमालेको जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे । जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे ।

उनले भने, ‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरू उपभोग्य वस्तुहरू हामी आफैं तयार गर्न सकौं भन्ने हो । आत्मानिर्भरतामा देशलाई लैजान सकौं भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने वित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्नेछ । हाम्रा उत्पादित वस्तुहरू पनि प्रयोग गर्ने जनताले बानी बसालौं ।’