प्रधानमन्त्री ओलीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज बिम्स्टेक सम्मेलनलाई सम्बोधन गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौं शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसनमा हस्ताक्षर हुनेछ ।

आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पाइतोङतार्न सिनावात्राले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् । त्यसपछि बंगलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलंकाका प्रधानमन्त्री प्रतिनिधिमण्डलका नेताहरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री सिनावात्राले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।

सम्मेलनमा दिवा भोजपछि स्थानीय समयअनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुनेछ । यी सबै कार्यक्रमहरु बैंककस्थित होटेल सांग्रिलामा हुनेछन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् ।

बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली साँझ थाइल्याण्डस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।