पूर्वजहरू हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री ओली

पूर्वजहरू हरेक कुरामा अगाडि भएकाले विकासका कुरा चाँडो सिक्न सक्छौं : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज अगाडि रहेको बताएका छन् ।

शनिबार ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा बोल्दै उनले कुनै समयमा हाम्रो समाजका पूर्वज हरेक कुरामा अगाडि भएकाले हामी चाँडो विकासका कुराहरू सिक्न सक्ने बताए ।

उनले भने, ‘विश्वमा ज्ञान फैलाउन नेपाली पूर्वज सबैभन्दा अगाडि थिए । हाम्रो विकासलाई रोक्ने काम भएको थियो । हजुरबाका हजुरबाले त्यही गरे । हामीले पनि त्यही गर्नुपर्छ भन्ने भएपछि कसरी विकास हुन्छ ? तर पूर्खाको जिन हामीसँग छ । हामी चाँडो सिक्न सक्छौं । विकासका कुराहरूमा छिटो सिक्ने सामथ्र्य छ । नेपालीहरू आमरूपमा इमान्दार र परिश्रमी छन् भनेर दुनियाँले चिनेको छ अहिले ।’

समाजमा नकारात्मक पक्षहरू पनि रहेको उनले बताए । उनले हेर्ने, खोज्ने भनेको नकारात्मकता नभई हामीले खोज्ने भनेको सकारात्मक भएको बताए ।

उनले भने, ‘समाजभित्र केही निराश नहुनुपर्ने कुराहरू छन् भने केही कमी–कमजोरी, नकारात्मक पक्षहरू पनि छन् तर हामीले हेर्ने, खोज्ने भनेको नकारात्मकता होइन, हामीले खोज्ने भनेको सकारात्मकता हो । हामीले हेर्ने भनेको सम्भावनाहरू हो । यसरी हेर्दाखरी हाम्रो भूगोल, प्रकृति जस्तो छ । सुन्दर मात्रै होइन, प्राकृतिक, खनिजका हिसाबले अत्यन्तै सम्पन्न र धनी छ ।’

प्रधानमन्त्री ओलीले कामै लगाउनका लागि भए पनि नेपालीलाई बाहिरी देशहरूले प्राथमिकता दिने गरेको बताए । उनले अहिले ६० प्रतिशत सक्रिय जनसंख्या र ४० प्रतिशत युवा जनसंख्या भएकाले युवा जनसंख्याको लाभ सर्तक रहेनौं भने नरहन सक्ने बताए ।

उनले भने, ‘लाखौं युवाहरू बाहिर गएर पनि अहिले परिश्रमी, मेहनती भनेर विभिन्न देशमा कमसेकम कामै लगाउनका लागि भए पनि नेपालीलाई प्राथमिकता दिन्छन् । इमानको, मेहनतीपनको सधैं प्रशंसा भई नै रहेको छ । अहिले पनि ६० प्रतिशत सक्रिय जनसंख्या छ । ४० प्रतिशत युवा जनसंख्या छ । युवा जनसंख्याको लाभमा सतर्क रहेनौं भने नरहन सक्छ । यसमा अलि धेरै सतर्क रहन जरुरी छ ।’