मुलुकमा राजनीतिक स्थिरता छ, ढुक्क भएर लगानी गर्नु : प्रधानमन्त्री

मुलुकमा राजनीतिक स्थिरता छ, ढुक्क भएर लगानी गर्नु : प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका राजनीतिक स्थिरताको अवस्था भएकाले आर्थिक विकासका लागि ढुक्क भएर लगानी गर्न उद्योगी,व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल चेम्बर अफ कमर्शको ७४ औँ वार्षिक साधारणसभा उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विज्ञान प्रविधिको प्रयोगसहित प्रतिस्पर्धी र रचनात्मकरुपमा उद्योग–व्यवसायलाई अगाडि बढाउन आग्रह गरेका हुन्।

‘आज हामीलाई सुशासन र विकास चाहिएको छ। सुशानमा कुनै सम्झौता हुन सक्दैन तर थाहा नपाइकन भ्रष्टाचार चलिरहेको हुन सक्छ। त्यसलाई नियन्त्रण गर्नका लागि तपाईँहरूको पनि सहयोग चाहिन्छ,’ प्रधानमन्त्रीले भने ।

उनले थपे ‘देशको परिवर्तनका लागि योगदान गरेका ठुला पार्टीहरू मिलेर सरकार बनेको छ। त्यसले स्थिरता दिएको आगामी निर्वाचनसम्म र त्यसपछि पनि यो शिलशिला कायम रहन्छ। त्यसकारण तपाईँहरू ढुक्क भएर लगानी गर्नुस्। देशको विकासका योगदान गर्नुस्।’

यस्तै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी केन्द्र स्थापना गर्नुपर्ने बताए । स्थानीय उत्पादनको प्रवद्र्धन एवं निर्यात वृद्धि गरी आयात व्यवस्थापन गर्न अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र स्थापना गर्न आवश्यक रहेको उनले बताएका हुन् ।

उनले भने ‘अन्तराष्ट्रियस्तरको प्रर्दशनी केन्द्र स्थापना गर्न सकियो भने स्थानीय उत्पादनहरुको एकीकृत प्रर्वद्धन, बजारीकरण एवं एक द्धार प्रणाली मार्फत गुणस्तर मापन गर्न सकिन्छ, ।’

रेमिट्यान्सबाट भित्रिने रकमलाई उत्पादनमुलक क्षेत्रमा लगाउने गरी नीतिगत व्यवस्था गर्र्नुपर्ने अध्यक्ष अग्रवालले बताए । उनले भने, ‘रेमिट्यान्सको झण्डै ९० प्रतिशत हिस्सा उपभोगमै खर्च भईरहेको सन्दर्भमा अर्थतन्त्रको विस्तारमा योगदान गर्नेगरी उत्पादनमुलक क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्दछ, ।’