काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो हुने बताएका छन् ।
शनिबार झापामा अयोजित नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको बताएका हुन् ।
गत चैत १५ गते तीनकुनेमा शान्तिपूर्ण सभा गर्छौं भनेको के को सभा गर्थे, उनको भनाइ छ,आगजनी, तोडफोड गर्दै, ढुंगामुढा गर्दै, घर फोड्दै, उद्योगधन्दाहरुमा आगो लगाउँदै, अरुका पसलहरु लुट्दै, क्रान्ति गर्ने, खुब ठूला परिवर्तन ल्याउने त रक्सिका बोतल चोर्दै भाग्दै गरेका। स्याउ चोरेर भाग्दै गरेका। औषधी कारखाना आगो लगाउँदै गरेका। यस्ताले बनाउँछन् देश?
‘जनतालाई भड्काएर आफ्नो दुनु सोझो पार्न खोज्नेहरू, यही मौका पारेर जनताले मिल्काएर रछ्यानमा पुगिसकेको राजतन्त्र फेरि फर्काउँछौं भन्नेहरू, उल्किन कति सकेको ? प्रधानमन्त्री ओलीले भने, दुई चार सडकछाप मान्छेहरूले राजा फर्काउँछौं भन्दा गाडीको हुटमाथि हात हल्लाउँदै हिँडेको सबै दृश्य देख्नुपर्यो । यी तमासाहरू यीनको तरिका के हो ? शैली के हो ? शान्तिपूर्ण सभा गर्छौं भन्नेहरू आगजनी र चोरीको काममा लागेको भन्दै यो कस्तो खालको प्रदर्शन हो ? भन्दै प्रश्न गरे । उनले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्दा सधैं सकारात्मक काम भएको जिकिर गरे ।
प्रतिक्रिया