काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनले आज मनाइरहेको राष्ट्रिय शोकमा ऐक्यवद्धता जनाएका छन् ।
शनिबार उनले ट्वीट गर्दै चिनियाँ परम्परागत चिङमिङ अर्थात दिवंगत पूर्खाहरूलाई सम्झने दिनको अवसरमा ऐक्यवद्धता जनाएका हुन् ।
‘नेपाल सरकार, यहाँका नागरिक र मेरोतर्फबाट चिनियाँ सरकार र त्यहाँका नागरिकप्रति दिवंगतहरूलाई सम्झिने राष्ट्रिय दिनको अवसरमा कोभिड–१९सँग लडेर ज्यान गुमाउने हिरोहरूको सम्झनामा ऐक्यवद्धता जनाउँछु,’ प्रधानमन्त्रीले लेखेका छन् ।
शनिबार चीनले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका नागरिकहरूको सम्झनामा देशभरि शोक मनाइरहेको छ ।
चीनको मन्त्रिपरिषद्ले शुक्रबार कोरोना भाइरसबाट ज्यान गुमाउने ३ हजार ३ सय २२ जना नागरिकको सम्झनामा शोक मनाउने निर्णय गरेको थियो ।
On behalf of the Government and people of Nepal as well as on my own, I express solidarity to the Government and people of China on the occasion of today's National Day of Mourning in memory of the valiant heroes who sacrificed their precious lives in fighting against COVID-19.
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
प्रतिक्रिया