देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेका छौं : प्रधानमन्त्री ओली

देशलाई विकास र समृद्धिको बाटोमा हिडाउन चाहेका छौं : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन चाहेको बताएका छन्।

अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना समितिको प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले देशमा अनुशासित लोकतन्त्र आवश्यक रहेको बताए। ‘अधिकार पनि चाहिन्छ तर कर्तव्य पालना पनि आवश्क हुन्छ,’ उनले भने।

ओलीले तीन तहका सरकार र राजनीतिक संरचना तयार गरे पनि अन्य कुराको व्यवस्थापन गर्न समय लागेको बताएका छन्।

प्रधानमन्त्री ओलीले समितीले बुझाएको प्रतिवेदनको अध्ययन गरेर त्यसको समुचित कार्यन्वयनमा ध्यान दिइने बताए।

प्रतिवेदन बुझाउन उच्च स्तरीय निदेर्शक समितिका सदस्य राजेन्द्र प्रसाद पाण्डे कार्यान्वयन सहजीकरण समितिका संयोजक काशीराज दाहाल, सदस्यहरु मधुरमण आचार्य, माधवप्रसाद रेग्मी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलीया लगायत सहभागी थिए।