मलाई १५/२० वर्षसम्म केही हुँदैनः प्रधानमन्त्री ओली

मलाई १५/२० वर्षसम्म केही हुँदैनः प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको बताएका छन् । नियमित स्वास्थ्य परीक्षणका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीले बिहान एक मिडियालाई अन्तवार्तामा यस्तो बताएका हुन्

उनले आफ्नो स्वास्थ्यका बारेमा जानकारी दिँदै आगामी १५/२० वर्षसम्म समस्या नहुने दृढता व्यक्त गरे । पाँच पटकसम्म मृगौला प्रत्यारोपण गरेकाहरुले काम गरिरहेको बताउँदै प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रत्यारोपण गर्नु समान्य भएको बताए ।

‘स्वास्थ्यमा समस्या नभएका होइनन्, स्वास्थ्यमा केही समस्या छन् । मेरो किड्नीमा समस्या छ । तर, यो असाध्य होइन’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले मैले डाइलासिस गर्ने गरेको छु । डायलासिसमा एकछिन समय जान्छ, त्यसपछि फ्रेस हुन्छ, काम गर्न सकिन्छ । म काम गर्न सक्ने हालतमा छु ।’

प्रधानमन्त्रीले भने, ‘डायलासिस गर्न पर्नेखालको जस्तो स्थिति भएपछि सम्भवतः मैले सेकेण्ड ट्रान्सप्लान्ट पनि गर्नुपर्छ । यो अहिलेको समयमा एकदमै सामान्य कुरा हो । अहिलेसम्म पाँचवटा ट्रान्सप्लान्टसमेत गरेका मान्छेहरु छँदैछन् । एउटाले काम गरेन भने अर्को, अर्कोले काम गरेन भने अर्को । र, काम गरिराख्या छन् । दोस्रो ट्रान्सप्लान्ट गर्नु भनेको अहिले मामुली कुरा हो । सामान्य कुरा भइसक्यो । त्यसकारण ट्रान्सप्लान्ट गर्नु पर्दाखेरि पनि अनौठो होइन । खाली म्याचिङको कुरा हुन्छ त्यो । डोनरको किड्नी चाहिँ म्याच गर्नुपर्छ , त्यत्ति हो ।’

आफूलाई १५/२० वर्षसम्म केही नहुने आत्मविश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘स्वस्थ्य मान्छेलाई पनि कुनैबेला केही हुन सक्छ, त्यो बेग्लै कुरा हो । अहिलेको मेरो स्वास्थ्यको स्थितिको कारणले भन्नुहुन्छ भने १५/२० वर्ष कुनै समस्या देखिन्छ जस्तो लाग्दैन ।’