प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो

प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकियो


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा मंगलबार बिहान सफल शल्यक्रिया भएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीसहितको टोलीले शल्यक्रिया सम्पन्न गरेको प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. अरुण सायमीले संचारकर्मीलाई जानकारी दिए ।

एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गरिएको हो । ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो ।