काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभ्यता, नृत्य र हतियार नेपालबाट सुरु भएको दाबी गरेका छन् ।
शुक्रबार काठमाण्डुमा आयोजित आदिवासी जनजातीसँगको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालबाट सभ्यता, बाध्यबादन र हातहतियारको विकास भएको दाबी गरेका हुन् ।
अध्यक्ष ओलीले पहिलो हतियार शिवको त्रिशुल भएको र नृत्य पनि शिवको रहनुका साथै योगपनि शिवले नै गरेको दाबी गरे । त्यस्तै उनले कपिल मुनि नेपालकै आदिवासी भएको दाबी गरे ।
कपिल मुनिले संसार र यसको परिर्वतनबारे दर्शन निकालेको ओलीले उल्लेख गरे। ओलीले गौतम बुद्ध पनि आदिवासी भएको बताए । भेषभुषा र चाडपर्वदेखि इतिहास सम्मलाई सुरक्षा चाहिएको भन्दै उनले नेपालीहरु बहादुर, इमान्दारका साथै विद्वान पनि रहेको बताए ।
ओलीले नेपालमा विकासको काम आफू नेतृत्वको सरकारको पालामा मात्रै भएको दाबी गरे। ३९६ वटा सडक उद्घाटन गरेर विकासको शुरुवात गरेको ओलीको दाबी थियो।
प्रतिक्रिया