एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा

एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री सरह सुरक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा बढाएको छ।

 

 

 

नेपाल प्रहरीको सुरक्षा सेवा निर्देशनालयले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री सरहको सुरक्षा उपलब्ध गराएको हो।

 

 

प्रधानमन्त्रीको सुरक्षार्थ प्रहरी नायव उपरीक्षक (डीएसपी) को कमाण्डमा सुरक्षाकर्मी खटाइन्छ। पछिल्लो समय सुरक्षा थ्रेट बढेको भन्दै ओलीको सुरक्षाको नेतृत्व डिएसपी सानुराम भट्टराईले सम्हालेका हुन्।

 

 

सुरक्षा सेवा निर्देशनालयका प्रमुख डीआइजी रमेश खरेलले ओलीको सुरक्षाका लागि डीएसपी खटाइएको पुष्टि गरे।

 

 

यसअघि ओलीको सुरक्षामा नेपाल प्रहरीबाट इन्सपेक्टर तथा सशस्त्र प्रहरीबाट सईको कमाण्डमा प्रहरी खटिदै आएका थिए।

 

 

ओलीलाई प्रधानमन्त्रीले पाउने पछुवा गाडि बाहेक सुरक्षा प्रदान गरिएको छ।