काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक आफ्नो कारणले ढिला नभएको स्पष्ट पारेका छन् । केन्द्रीय कमिटीको बैठकमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफू बिराम भएका कारण बैठक ढिला नभएको स्पष्ट पारेका छन् ।
‘म बिरामी भएका कारण बैठक ढिला भएको होइन,’ उनले भने । प्रधानमन्त्री ओलीले प्रेस संगठनका विषयमा प्रश्न उठ्नु आपत्तिजनक भएको बताएका छन् । सरकारले सबैका लागि शान्तिपूर्ण र आधुनिक समाजको परिकल्पना गरेको बताए । प्रधानमन्त्री अोलीले नेपालमा भोकमरी अन्त्य गर्ने घोषणा गरेका छन् ।
‘नेपालमा भोकमरी अन्त्यको घोषणा गरे हुन्छ । नेपाल गरिब छ तर भोकमरी छैन् किनभने सरकारले भोकमरी अन्त्यको नीति लिएको छ’, प्रधानमन्त्री अोलीले भने, ‘त्यसकारण हामीले सडकमा मानिस अलपत्र हुन दिएका छैनौं ।’ प्रधानमन्त्री ओलीले सडक बालबालिकको अन्त्य गरेको बताए । ‘हामीले सकड बालबालिकाको स्थितिको अन्त्य गरेका छौं । कोही पनि भोकले मर्ने स्थितिको अन्त्य गरेका छौं ।’
प्रधनामन्त्री ओलीले कोरोना भाइरस नियन्त्रणका लागि पूवसावधानी अपनाउनुपर्ने बताएका छन् ।
प्रतिक्रिया