देउवालाई प्रधानमन्त्रीको जवाफः ‘धक्का’ कोराना भाइरसलाई भनेको !

देउवालाई प्रधानमन्त्रीको जवाफः ‘धक्का’ कोराना भाइरसलाई भनेको !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धक्का शब्दको जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीले आफूले प्राकृतिक धक्का भनेर कोराना भाइरसतिर संकेत गरेको स्पष्टीकरण दिएका हुन् ।

मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले २०२० को सरुमा नै प्राकृतिक रुपमा धक्काको संकेत देखिएको बताएका थिए । लगत्तै बोलेका सभापति देउवाले कसले धक्का दिँदैछ भन्दै प्रधानमन्त्रीसँग जवाफ मागेका थिए ।

बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धक्का भनेर आफूले कोरेना भाइरसतिर संकेत गर्न खोजेको बताएका छन् ।

उनले भने, ‘कतिले कहाँ धक्का ? कस्तो धक्का ? भन्नेजस्ता कुरा गर्नु भयो । तर हाम्रो सजगता छ भरसक ठूलो धक्का नहोस् ।’ तर कोरोनाको असर भने पर्ने बताए । अहिलेसम्म एक जनामा मात्र लक्षण देखिएको भन्दै उनले सतर्कता अपाउनुपर्नेमा जोड दिए ।

उनले भाइरस नियन्त्रणका लागि सकारात्मक भूमिका निर्वाह गर्न पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।

र याे पनि

प्रधानमन्त्रीलाई देउवाको जवाफः नेपाललाई धक्का दिन कसले सक्छ ?