कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन् : केपी ओली

कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन् : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्युँताउन अब सम्भव नरहेको बताएका छन् ।

सुर्खेतमा आज बुधबार कर्णाली प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा सरकार ढालेर नेपाली कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको बताए ।

‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन । नेकपा सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन्,’ उनले भने ।

कम्युनिष्ट हुँ भन्नेहरू एमालेमा आउनुपर्ने उनले बताए । उनले प्रदेश अधिवेशन सकेसम्म सहमतिसाथ नेतृत्व चुन्न आग्रह गरे । सहमति नभए चुनावी प्रतिस्पर्धा हुने पनि उनले बताए तर अधिवेशन सकिएपछि जीत र हारतिरभन्दा पनि पार्टीका काममा लाग्नुपर्ने उनले बताए ।

‘विदेशीको इशारामा चल्नेहरूले अहिले सरकार चलाइरहेका छन्,’ उनले भने, ‘एमाले राजनीतिक नेतृत्व मात्र होइन, विकास र समृद्धिको पनि अगुवाइ गर्न सक्ने पार्टी हो ।’