समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक : ओली

समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक : ओली


वीरगञ्ज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना साकार गर्न एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् ।

एमाले पर्साद्वारा आज मंगलबार पोखरियामा आयोजित जनसभामा अध्यक्ष ओलीले मुलुकलाई समृद्धिको मार्गमा अघि बढाउन पार्टीको एकल सरकार अपरिहार्य भएको बताए ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत प्राप्त हुने गरी आ–आफ्नो क्षेत्रबाट इमान्दारीपूर्वक काम गर्न अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । केही वर्षअघि तराई–मधेशका जिल्लामा सञ्चालन गरिएको ‘मेची–महाकाली यात्रा’ जस्तै जागरण अभियान मंसिर १४ गतेदेखि महाकालीबाट सञ्चालन गरिने उनले बताए ।

तराई–मधेश बहुप्रतिक्षित हुलाकी सडक, मदन भण्डारी लोकमार्ग, पूर्वपश्चिम लोकमार्ग स्तरोन्नति, जनता आवास कार्यक्रम तथा राष्ट्रिय गौरवका आयोजना एमाले नेतृत्वको सरकारले ल्याएको अध्यक्ष ओलीले बताए ।