क्रान्तिको नाममा हिंसा फैलाएर ज्वाइँ, छोरी र नातिनातिनाको फल्याफुल्या छ : केपी ओली

क्रान्तिको नाममा हिंसा फैलाएर ज्वाइँ, छोरी र नातिनातिनाको फल्याफुल्या छ : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले क्रान्तिको नाममा हिंसा फैलाएर हिँडेका माओवादीहरू परिवारवादमा लागेको बताएका छन् ।

बिहीवार पर्वतको कुश्मामा आयोजित जनसभाबाट प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै अध्यक्ष ओलीले घाइते र लडाकुको बेहाल भए पनि नेताका छोरी–ज्वाइँ र नातिनातिनाको फलिफाप भएको आरोप लगाए ।

उनले भने, ‘क्रान्तिको नाममा हिंसा फैलाएर हिँड्नेहरूको आज, मैले बोलिराख्नु पर्दैन – फल्याफुल्या छ, ज्वाइँको फल्याफुल्या छ, छोरी र नातिनातिनाको फल्याफुल्या छ । जनता, लडाकू, घाइते, सहिद र सहिदका परिवार बिर्सेका छन् उनीहरूले । आफ्ना निम्ति फलिफाप भएको छ ।’

कोशी प्रदेशमा पहिचानवादीका नाममा बितण्डा मच्चाउन लागिएको भन्दै उनले एमालेको संकल्प यात्रालाई अवरोध गरे सामना गर्ने चेतावनी दिए । उनले भने, ‘जनयुद्धका नाममा कत्राकत्राको भाइफुट्टी समाप्त भयो भने पहिचानको नाममा ४ जना केटाहरू उफ्रेर केही हुँदैन ।’