एमाले अब अल्मलिनु हुँदैन : केपी ओली

एमाले अब अल्मलिनु हुँदैन : केपी ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेका नेता–कार्यकर्ताले अब अल्मलिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

‘समृद्धिको लागि संकल्प यात्रा’ अन्तर्गत सोमबार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले विकासका अनेक काम गर्दागर्दै पनि सरकारबाट हटाउने काम भएको बताए ।

‘विकास निर्माणको कामलाई युद्ध स्तरमा अगाडि बढाएको छौं, पुनर्निर्माणका त्यत्रा काम गरेका छौं,’ उनले भने ।

सिन्धुपाल्चोकलाई एमालेले विपत् क्षेत्र घोषणा गरी काम गरेको अध्यक्ष ओलीले बताए । नेकपा एमालेको सरकार नभएको भए मेलम्चीलाई व्यवस्थापन गरी काठमाण्डुमा खानेपानी नै नझर्ने उनले स्पष्ट पारे ।

‘सिन्धुपाल्चोक जस्तो सचेत भूमि, सहिदको भूमि, यो ठाउँ अल्मलिनु हुँदैन,’ उनले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली समृद्धिका लागि संकल्प यात्रामा छ ।

बैतडीको झुलाघाटमबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।