एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकतातर्फ गयो : केपी ओली

एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकतातर्फ गयो : केपी ओली


विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार हटेपछि देश राजनीतिक रूपमा अराजकतातर्फ बढेको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अन्तर्गत वसन्तपुरमा भएको सभामा उनले अढाइ वर्षअघि एमालेलाई सरकारबाट देशी–विदेशी तत्त्वहरूले षड्यन्त्र गरेर हटाएपछि देश राजनीतिक रूपमा अन्यौलतातर्फ अस्थिरतातर्फ गएको दाबी गरे ।

उनले देशमा अनेक प्रकारका अवाञ्छित प्रवृत्तिहरू प्रकट भएको बताए । उनले भने, ‘राजनीतिक प्रवृत्ति होइन, अराजनीतिक प्रवृत्ति छ । राजनीतिक माग होइन, बेग्लै प्रकारका क्रियाकलापहरू भइरहेका छन् ।’

एमालेको सरकार हुँदा देशमा असाधारण तरिकाले विकास भएको उनले दाबी गरेका छन् ।