एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुन्छ : अध्यक्ष ओली

एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुन्छ : अध्यक्ष ओली


फिदिम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आए मात्रै देश समृद्ध हुने दाबी गरेका छन् ।

शनिबार पाँचथरको फिदिममा आयोजित बृहत् आमसभामा बोल्दै अध्यक्ष ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने बताए ।

एमाले सधैं राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै उनले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि संकल्प यात्रा सुरु गरेको बताए ।

ओलीले भने, ‘देश बनाउने संकल्प बोकेको एमालेले मात्रै समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सक्छ । त्यसका लागि सबैले हामीलाई सहयोग गर्न आवश्यक छ ।’

उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए । उनले भने, ‘देश विकास हुन सकेको छैन । देश कङ्गालीतर्फ धकेलिँदैछ । सरकारको बेइमानी चिर्न तपाईंहरूले एमालेलाई विश्वास गर्न जरुरी छ ।’

कृषि उत्पादन र प्रविधिको प्रयोगमा एमालेले ध्यान दिने उनले बताए ।