एमाले अध्यक्ष ओलीले पर्सि विशेष पत्रकार सम्मेलन गर्दै

एमाले अध्यक्ष ओलीले पर्सि विशेष पत्रकार सम्मेलन गर्दै


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्सि पुस ८ गते आईतबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए ।

एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’बारे पत्रकार सम्मेलन गर्न लागेका हुन् । यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशबारे पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओली सहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने जनाइएको छ ।