एमाले अध्यक्ष ओलीले भने – नयाँ गठबन्धनको जस हामीलाई नै दिनुस्, कहाँ चीन पुर्‍याएको ?

एमाले अध्यक्ष ओलीले भने – नयाँ गठबन्धनको जस हामीलाई नै दिनुस्, कहाँ चीन पुर्‍याएको ?


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गठबन्धन आफूहरूको पहलमा बनेको बताएका छन् ।

मंगलबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चीनले गठबन्धन परिवर्तन गराएको भन्ने चर्चाको खण्डन गरेका छन् ।

उनले भने, ‘यो परिवर्तन हामीले गराएको हो । कहाँ चीन पुर्‍याएको ? यति सानो कामका लागि त हामीलाई नै जस दिनुहोस् । यत्रो मेहनत गरेर बनाइएको छ । देशका लागि खरानीको डल्लो फुट्नुपर्ने थियो, फुट्यो ।’

नयाँ गठबन्धन निर्माण भएकोमा खुशी व्यक्त गर्दै उनले परिस्थिति निर्माणले जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नयाँ गठबन्धनले आशा जगाउने कोसिस गरेको बताउँदै उनले महान् उद्धेश्यका साथ अघि बढेकाले फेरिएको भूमिकाप्रति सकारात्मक रहेको बताएका छन् ।